Simta
Simta
lekbesi

महरा प्रकरण भोलि फैसला हुँदै ,

Gurvakot

फागुन ४ ,काठमान्डौ – निवर्तमान सभामुख कृष्ण बाहदुरमहरा विरुद्ध मुद्दाको अन्तिम बहस सकिएको छ ।

बलात्कार आरोप लागेका महराको आज काठमाडौं जिल्ला अदालतमा अन्तिम बहस सकिएपनि भोलि सोमबार फैसला हुने काठमान्डौ जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले बताए ।

आईतबार फैसला सुनाउने तयारि रहेपनि समयअवधिका कारण भोलि सोमबारलाई सारीएको श्रेष्ठले बताए ।

lekbesi

आइतबार महराको मुद्दा न्यायाधीश अमरराज पौडेलको इजलासमा सुनुवाइ भएको थियो ।

महराको पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी, लभ मैनाली, दिनमणी पोखरेल, भीमार्जुन आचार्यलगायतले बहस गरेका थिए भने उमाकान्त खनाल लगायतका वकिलहरूले सरकारी वकिलबाट जवाफ दिएका थिए ।

संसद सचिवालयकि कर्मचारी रोशनी शाहीले महराले आफूमाथि बलात्कारको प्रयास गरेको आरोप लगाई जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेकी थिइन् ।

गत असोज १२ गते आफु माथि महराले जबर्जस्तिकरनी गरेको बताउदै भिडियो सार्वजानिक गरेकी थिइन् । असोज १९ गते प्रहरीले महरालाई नियन्त्रणमा लिए को थियो ।

Simta