महरालाई स्वागत गर्न युवा संघ देखि सुभचिन्तक डिल्लीबजारमा ,

फागुन ५ ,काठमान्डौ – निवर्तमान सभामुख कृष्णबहादुर महराले अदालत बाट सफाई पाएका छन् ।

सफाई पाएलगतै महरालाई स्वागत गर्न युवा संघ देखि सुभचिन्तक डिल्लीबजार कारागारमा पुगेका छन् ।

महरालाई स्वागत गर्ने भन्दै उनीहरु हातमा माला समयाएर कुरिरहेका छन् । जिल्ला अद्लातका न्यायाधीश अमरराज पौडेलको इजलासले उनलाई सफाइ दिएको हो ।

अदालतले उनलाई निर्दोष भएको भन्दै सफाई दिएको हो ।सचिवालयकि कर्मचारीले बलात्कारको आरोप लगाएपछि महरा गत असोज १९ गते पक्राउ परेका थिए ।

यसअघि काठमाडौं जिल्‍ला अदालतले महरालाई कसूरदार होइन भन्न नसकिने भन्दै पुर्पक्षका लागि डिल्लीबजार थुनामा पठाएको थियो । तर सोमबार सफाइ दिने फैसला सुनाएको हो ।