कालापानी गएका रक्षामन्त्रीकाे टाेली आधाबाटोबाटै फर्कियो ,

फागुन ५ ,काठमान्डौ – सोमबार कालापानी सीमा क्षेत्रकाे अवलाेकन गर्न हेलिकप्टरमा गएकाे उपप्रधान तथा रक्षामन्त्री ईश्वर पाेखरेलकाे टाेली आकाशबाटनै फर्कीएको छ ।

कालापानीमा बाक्लो हिउँका कारण हेलिकोप्टर बस्न नसकी हवाई निरीक्षणमात्रै गरेर फर्किएकाे छ ।

कालापानीलाई भारतले आफ्नो नक्सामा राखेपछि नेपालमा एसको चर्को विवाद भएको छ ।

प्रधानमन्त्री ओलीले पनि शनिबारको प्रतिनिधिसभा बैठक संसदमा बोल्दै तथ्य र प्रमाणका आधारमा कालापानी नेपालको रहेको बताएका थिए ।

कालापानीको छाङरुमा सशस्त्र प्रहरी सीमा सुरक्षा पोस्ट राख्ने ठाउँ हेर्न गएका रक्षामन्त्रि सहितको टोलि मौसमका कारण हवाई निरिक्षन गरि फर्कीएको बताएको छ ।

रक्षामन्त्रि पोख्रेलको साथमा पश्चिमकी उपसभामुख निर्मला बडाल जोशी, प्रतिनिधी सभा सदस्य गणेशसिंह ठगुन्ना, नेपाली सेनाका अधिकृत र रक्षामन्त्रालयका अधिकारीहरु उक्त भ्रमणमा सहभागी थिए।