जनकपुरकि महिलामाथि सामुहिक बलात्कार दुई जना पक्राउ ,

फागुन ५ ,जनकपुर – प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा एक महिलामाथि सामूहिक बलात्कार भएको छ ।

जनकपुरधाम उपमहानगरपालिकामा बस्ने ४० वर्षीय महिलालाई सोमबार ४ जना यूवक मिलेर सामुहिक बलात्कार गरेको घटना सार्वजनिक भएको हो ।

बलात्कार गर्नेमध्येका २ जनालाई प्रहरीले पक्राउ गरेको बताएको छ ।

पक्राउ पर्नेमा महोत्तरीको औरही नगरपालिका वडा नम्बर ७ का २५ नरेश महतो र भारतको विहार प्रान्त मधुवनी जिल्लास्थित कलुवाही बस्ने ४९ वर्षीय राघवेन्द्रकुमार सिंह रहेको प्रहरी निरीक्षक अशोक झाले जनाए ।

मध्येका २ जना फरार छन् । फरारको प्रहरीले तिब्र खोजि गरिरहेको झाले बताए ।