अदालतको सफाई पछि डिल्लीबजारबाट रिहाई भए महरा तस्विरमा हेर्नुहोस ,
फागुन ५ ,काठमान्डौ – जिल्ला अदालत काठमान्डौबाट सफाई पाएपछि निवर्तमान सभामुख महरा डिल्लीबजार कारागारबाट छुटेका छन् ।
उनलाई डिल्लीबजार कारागारमा रहेका नेपाल प्रहरीका पूर्वमहानिरीक्षक रमेश चन्द ठकुरी, सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला लगायतले माला लगाएर विदाइ गरेका हुन् ।
तेस्तै महरालाई नेकपाका नेता कार्यकर्ता उपत्यका राष्ट्रिय युवा संघ नेपाल युवा हरु कारागारमा पुगेर स्वागत गरेका छन् ।रिहाई पछि महरा आफ्नी निवास खुमलटारतिर लागेका हुन् ।
सोमबार जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको थियो ।