महरा सरले सफाई पाउनुभो म खुसि छु रोशनी शाही ,

फागुन ५ ,काठमान्डौ – निवर्तमान सभामुख कृष्णबहादुर महराले सफाई पाएपछि रोशनी शाहीले खुसि व्यक्त गरेकी छिन ।

रोशनी शाहीले भनेकी छिन महरा सरले सफाई पाउनु भयो मैले पनि न्याय पाएकि छु जसले दुख दिन खोजेका थिए उनुहरुको पराजित भएको छ ।

गत असोज १२ गते रोशनी शाहीले पुर्व सभामुख महराले आफूमाथि बलात्कारको प्रयास गरेको आरोप लगाएकि थिइन् ।

आफु तनाब र बिरामी भएको बेलामा आवेगमा बोलेको कुरालाई पछि हैन भन्दा भन्दै उक्त कुरालाई आधार बनाएर महरा सरलाई फ़साईयो।ठुलो षडयन्त्र गर्ने हरु आज पराजित भएक छन् म खुसि छु उनले भनिन ।

जिल्ला अदालत काठमान्डौबाट सफाई पाएपछि निवर्तमान सभामुख कृष्णबहादुर महरा डिल्लीबजार कारागारबाट रिहा भएका हुन् ।

रिहाईमा उनलाई नेकपाका नेता कार्यकर्ता युवा संघले माला लगाई विदाई गरेको छ ।
विदाई पछि महरा आफ्नो निवास खुमलटारतिर लागेका हुन् ।