Simta
Simta
lekbesi

,कृ, का निर्माताले सम्भु प्रधानलाई ११ लाख दिने ,,

Gurvakot

चैत १४ – कृ चलचित्र का निर्माता सुवास गिरीले निर्देशक शम्भु प्रधानलाई ११ लाख रुपैयाँ तिर्ने भएका छन् । ११ लाख रुपैयाँ तिर्ने र चलचित्र ‘कृ’मा समावेश ‘उकालीमा अघि अघि’ बोलको गीत युटुबबाट हटाउने सहमति भयपछि आज सुवास गिरि रिहा भयका छन् । शम्भु प्रधानले सुरुवातमा २१ लाखको डिमाण्ड गरेका थिए । तर, पछि गीत युटुबबाट हटाउने र ११ लाख तिर्नेगरि सहमित भएको हो ।

मंगलबार छलफलमा लागि भन्दै प्रहरी परिसर, टेकुमा पुगेका गिरीलाई प्रहरीले सोधपुछका लागि भन्दै हिरासतमा राखेको थियो । चलचित्र ‘संझना’मा समावेश ‘उकालीमा अघि अघि’ बोलको गीत आफ्नो चलचित्र ‘कृ’मा अनुमतिविना नै समावेश गरेको भन्दै यसका निर्देशक शम्भु प्रधानले केहि दिन अगाडि प्रहरीसमक्ष उजुरी दिएका थिए ।

 

Simta