महराको रिहाई लगतै नारा लाग्यो एमसीसी मुर्दावाद वालुवाटारमा मच्चियो हलचल ,
फागुन ५ ,काठमान्डौ – गत असोज १९ गते पुर्व सभामुख कृष्ण बाहदुर महरालाई सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कारको प्रयास गरेको भन्दै प्रहरीले पक्राउ गरेको थियो ।
लामो समयको बहसपछि आज सोमबार सभामुख महरालाई काठमान्डौ जिल्लाअदालतले सफाई दिएको छ ।
अदालतबाट महरा डिल्लीबजार कारागारबाट आफ्नो निवास खुमलटारतिर लागे । महरालाई स्वागत गर्न ठुलो जमात सहभागी थियो ।
नेकपाका नेता कार्यकर्ता देखि युवासंघले महरालाई फूलमाला र अविरले विदाई गर्यो ।महरा केहि पनि बोलेनन् उनले हातको मात्र ईशारा गरे ।
उनलाई आरोप लगाएकि रोशनी शाहीले पनि महरा सर रिहा भएकोमा खुसि व्यक्त गरिन ।
उनले आफु बेहोस अवस्थामा बोलेको कुरालाई भोलि पटकनै फिर्ता लागेकी थिइन् ,म आबेगमा बोलेको हु महरा सरको कुनै दोष छैन ।
तर उक्त विषयलाई ठुलो बनाई महरालाई पक्राउ गरि धरौटी नखुलाई पुर्पक्षक लागि डिल्लीबजार कारागार पठाईयो ।
डिल्लीबजार बाहिर महरालाई विदाई गर्दै ठुलो जमातले एमसिसि मुर्दावाद भन्दै नाराबाजी गरे ।
संसदमा सभामुख महराले एमसीसी पारित नगरेको भन्दै उनलाई रोशनी शाहीको माम जोडेर ठुलो षड्यन्त्र गर्दै सभामुखलाई फसाईएको जनताले बल्ल बुझ्यो ।
एमसिसि नेपालको हितमा नभएको भन्दै नेकपा भित्रमा पनि केहि नेताहरुबीच विवाद छ ।तर प्रधानमन्त्री ओली देखि केहि नेता कार्यकर्ताहरु एमसिसि पास गर्नुपर्ने अडानमा छन् ।
गत शनिबारको सचिवालयको बैठकमा प्रधानमन्त्री ओलीले एमसीसी अब रास्ट्रिय गौरवको आयोजना बन्ने बताएका थिए ।
वास्तविक कुरा पनि तेही थियो ।किन कि नेपालमा बलात्कारका घटना दिनमा कति हुन्छन तेती मात्र हैन बलात्कार पछि हत्या गरिएका थुप्रै घटना छन् तर पनि दोषीले उन्मुख पाएक छन् ।
सभामुखले त प्रयास मात्र भन्ने भयो बलात्कार पनि हैन आज सत्यको जित भयो नेपालीको महान छोरो भन्दै डिल्लीबजारमा नारा लगाउदा भने वालुवाटारमा हलचल पैदा भएको छ ।
महरा निर्दोष भएर रिहा भएपछि वास्तविक पक्कैपनि खुलेर बोल्नेछन भन्नेमा जनता विस्वस्त छन् ।
महरालाई फसाउने बितिकै नेकपाक कुनै पनि नेता कार्यकर्ता उनलाई भेट्न पुगेनन् ।बलकी आलोचना गरेको देखिन्थ्यो ।
अहिले महरा रिहा भएपछि भीआईपी हरुको निवास वालुवाटारमा ठुलो हलचल भएको विशेष श्रोतले बताएको छ ।