यादव पशुपालन फर्ममा आगलागी ,

फागुन ५ ,नवलपरासी पश्चिम – नवलपरासी पश्चिममा घर गोठमा आगलागी हुँदा घर जलेर नष्ट भएको छ ।

जिल्लाको प्रतापपुर गाउँपालिका वडा नम्बर ५ श्रीरामपुर स्थित सुर्यबली यादवको घर गोठमा आगलागी हुँदा जलेर नष्ट भएको प्रहरीले जनाएको छ

यादवको घरमा आईतबार राति साढे दश बजे आगलागी भएको हो । आगलागी भएको खबर पाएसँगै नजिकै रहेको शसस्त्र प्रहरी तुरुन्तै घटना स्थलमा पुगेर नियन्त्रणमा ल्याउन खटिएको शसस्त्र प्रहरी बिअोपी गुठी परसौनीका इन्सपेक्टर सुमन अधिकारीले जानकारी दिए ।

आगो, प्रहरी, शसस्त्र प्रहरी र स्थानियले नियन्त्रणमा लिएका थिए । आगलागीबाट मानविय तथा पशुचौपायाँहरुमा क्षति नभएपनि घरमा रहेका लत्त कपडा खाद्यन्न जलेर पुरै पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट घरगोठ जल्दा करिव एक लाख सत्तरी हजार बराबरको क्षती भएको गुठी परसौनी प्रहरी चौकी कार्यालयले जनाएको छ ।

यादवका घरका सदस्य सुतेपछि एक्कासी आगोलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट घरगोठ जलेसँगै उनिहरु बिचल्लीमा परेका छन् ।उनको इन्दल यादव पशुपालन फर्मको नाममा दर्ता समेत रहेको छ ।

अंगद यादव, नवलपरासी पश्चिम ,,