हेड लाईनमा महरा राजनीतिक क्षतिपुर्ति कसले दिन्छ ,उठ्यो प्रश्न ?
नेकपाका नेताले उठाए गम्भीर प्रश्न,
फागुन ५ ,काठमान्डौ – निवर्तमान सभामुख कृष्ण बाहदुर महराको राजनीतिक क्षतिपुर्ति अब कसले पुरा गर्ने भन्नेमा गम्भीर प्रश्न उठेको छ ।
संघिय संसद प्रतिनिधिसभा सभामुख महराले गत असोज १४ गते सचिवालयकी कर्मचारी रोशनी शाहीले लगाएको छानबिन प्रक्रिया नसकीएसम्म मात्रको लागि राजिनामा दिएको छु भनेर राजिनामा गरेका थिए ।
उनले कानुन र न्यालायालई सम्मान गर्दै आफ्नो चरित्रमा प्रश्न उठाउने गरि संचार माध्यमाम लगाईएको आरोपबारे सत्यतथ्य निस्पक्ष र स्वतन्त्र छानबिनको लागि भनेर राजिनामा दिएका थिए ।
राजीनामको विरोध गर्दै पुन : केन्द्रिय कार्यालय वालुवाटारको बैठकले सभामुखबाटनै राजिनामा मागेपछि उनले दोस्रो राजिनामा लेखे तर उनले सांसद पदबाट राजिनामा भने दिएनन ।
प्रतिनिधिसभामा पत्र टाँस्दै महराको सभामुख पद निलम्वन भएको विज्ञप्ति जारि गरियो । करिब पाँच महिनापछि महराले आफुमा लगाईएको आरोपको सफाई पाएका छन् ।
लामो समयको तानातानले अग्नि सापकोटालाई सभामुख पादमा नियुक्त गरिएको छ ।महरा निर्दोष सावित भएसंगै उनका शुभेच्छुकले महराको राजनीतिकको क्षतिपुर्ति कसले दिने भन्नेबारेमा प्रश्न गरेका छन् ।
महराको राजनीतिक र मानसिक यातनाको क्षतिपुर्ति कसले दिन्छ भन्दै प्रश्न गरेका हुन् ।साथै समर्थकले महरालाई राजनीतिक रुपमा फसाईएको समेत दाबि गर्दै आएक छन् ।
अमेरिकाकासंग नेपाल सरकारले सम्झौता गरेको मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसी महराले संसदबाट पारित नगर्दा महरालाई सिकार बनाई मोहरा बनाईएको नेकपाका अधिकांस नेताहरुले बताएका छन् ।
महरा निर्दोष सावित भए ,अद्लातले सफाई दियो तर उनको सभामुख पद गुम्यो ।६ महिना जेलमा बस्दा उनि मानसिक यातनाको रोगि भए ।
उनको निस्ठा र नैतिकतामा माथि प्रश्न उठ्यो यसको क्षतिपुर्ति दिन नेकपाका नेताहरुले दाबि गरेका छन् ।