लोकदोहोरी गायक प्रकास कटुवाल पक्राउ ,

फागुन ६ ,काठमान्डौ – लोकदोहोरी गयाक प्रकास कटुवाल पक्राउ परेका छन् ।तनहुँको बन्दीपुर गाउँपालिका डुम्रेका होटल व्यवसायी लालकाजी गुरुङमाथि आक्रमण गरेको अभियोगमा उनी पक्राउ परेका हुन् ।

सोमबार गायक कटुवालविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा गुरुङकी छोरी सोनीकाले किटानी जाहेरी दिएपछि कटुवाललाई पक्राउ गरिएको एसपी विनोद सिलवालले जानकारी दिए ।

गायक कटुवालविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता भएको बताइएको छ । शनिबार साँझ केही अपपरिचित युवकहरुले लालकाजी गुरुङमाथि आक्रमण गरेका थिए।

उक्त आक्रमण गायक प्रकाश कटुवालको योजनामा भएको सोनिकाले आरोप लगाएकि छिन ।