अदालतले संसदलाई पत्र नलेखेसम्म महरा बैठकमा नजाने ,

फागुन ६ ,काठमान्डौ – जबरजस्तीकरणीमा सफाई पाएक निवर्तमान सभामुख कृष्ण बहादुर महरा अदालतले पत्र नलेखेसम्म प्रतिनिधिसभाको बैठकमा सहभागी नहुने भएका छन् ।

प्रतिनिधि सभाको बैठक मंगलबार दिउँसो १ बजे बस्दैछ।काठमान्डौ जिल्ला अदालतले महरालाई हिजो सोमाबर सफाई दिएको थियो ।

अद्लातले महराको फैसला तयार परेको छैन ।काठमान्डौ जिल्ला अदालतले फैसला तयार नभएको अवस्थामा अदालतले पत्र पठाएमात्र उनको सांसदको हैसियत पुनर्वहाली हुनेछ।

lekbesi

महराको सांसद पदको सेवा सेवा, सुविधा र हैसियत अहिले स्थगनमा छ। अदालतले फैसला तयार नपारे पनि सोमबार कारागारलाई सफाइको पत्र दिएको थियो।

पत्रकै आधारमा महरा जेलबाट छुटेका थिए।संसद सचिवालयलाई पनि फैसला तयार नभएको अवस्थामा अदालतले पत्र पठाउन सक्नेछ।

पत्र दिएको अवस्थामा उनको पदको स्थगन हट्नेछ। अदातलको फैसला वा पत्र आएको अवस्थामा हामी प्रतिनिधि सभाको बैठकमा उहाँको पदीय हैसियत स्थगनबाट हटेको सूचना जानकारी गराउँछौं ।

संसद नभएको अवस्थामा हामी सूचना टाँस्छौं ,प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले बताए ।