चीनबाट ल्याईएका कुनैपनि नेपालीमा स्वास्थ्य समस्या छैन मन्त्रि ढकाल ,

फागुन ६ ,काठमान्डौ – चीनबाट ल्याईएका कुनैपनि नेपालीमा स्वास्थ्य समस्या नरहेको स्वास्थ्यमन्त्रि भानुभक्त ढकालले बताएका छन् ।

चीनबाट उदार गरि ल्याईएर भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका नेपाली शारीरिक र मानसिक रुपमा ठीक रहेको उनले बताएका हुन् ।

खरिपाटीमा मंगलबार अनुगमन गर्दै मन्त्रि ढकालले भने चीनमा रहेका नेपालीले असुरक्षित महसुस गरेका थिए ।

यहाँको स्वच्छ वातावरणले पनि मनोबलमा राम्रो प्रभाव पारेको छ, ।थप केही समस्या छन् भने राज्यका तर्फबाट कोअर्डिनेसन गर्न तयार छौं मन्त्रि ढकालले बताए ।

खरिपातिको क्वारेन्टाइनमा खटिएका चिकित्सक टोलीले मंगलबार मन्त्री ढकालसहितको टोलीलाई चीनबाट उद्दार गरिएका नेपालि हरुको बारेमा र उनीहरुको स्वास्थ्य अवस्थाबारे बताएका थिए ।

चीनमा कोरोना भाईरसका कारणबाट त्रासमा रहेका नेपालि हरु आफ्नो देशमा फर्कीएर खुसि ब्यक्त समेत गरेका छन्।

अहिले नेपालमा आएर उनीहरु फिजिकल्ली, मेन्टल्ली र सोसियल्ली फिट रहेको क्वारेन्टाइनस्थलमा खटिएका चिकित्सक नेपाली सेनाका सेनानी डा. नवीन फुयाँलले बताए ।क्वारेन्टाइनमा मानसिक रोग विशेषज्ञ पनि खटाइएको पनि उनले बताए ।

खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा ४० जना महिला, २ जना बालबालिकासहित १ सय ७५ जना नेपाली रहेका छन् ।

सबैलाई ज्वरो नाप्न थर्मोमिटर र कागज दिएका छौं । तापक्रम बढ्यो भने खबर गर्नलाई सबैलाई ज्वरो नाप्ने थर्मोमिटर र कागज उपलब्ध गराएको र ‘केही स्वास्थ्य समस्या परेमा एम्बुलेन्स स्ट्याण्डबाइ राखेको पनि फुयाँलले बताए ।

१७५ जना नेपालीलाई हेर्न मेडिकल डाक्टरसहित ७ जनाको स्वास्थ्यकर्मीको टोली साथमा रहेको पनि उनले बताए ।’