मिलेर नजाने हो भने देश फेरी प्रतिक्रियावादी हरुको हातमा जाने छ प्रचण्ड ,

फागुन ६ ,सुर्खेत – आफुहरु मिलेर नजाने हो भने फेरी पनि देश प्रतिक्रियावादी हरुको हातमा जानसक्ने सम्भवना रहेको नेकपा अध्यक्ष प्रचण्डले बताएक छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश कमिटीको आयोजनामा कर्णाली प्रदेश स्तरीय वृहद अगुवा कार्यकर्ता भेला वीरेन्द्रनगर सुर्खेतमा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।

समृद्ध नेपाल, सुखी नेपालीको आधार ,सुदृढ पार्टी, सुशासन र लोकप्रिय सरकार कर्णाली प्रदेस स्तरिय अगुवा कार्यक्रममा बोल्दै धेरै कुरा धेरै प्रतिकुलतालाई चिरेर नेपालमा संविधान सभाको चुनाव र शान्ति प्रक्रिया भएको समेत प्रचण्डले बताए ।

देशलाई संघिय लोकतान्त्रिक गणतन्त्र ल्याउने संविधान सभाको चुनावमा घोषणा गरिसकेपछि देशलाई प्रदेश र संघको निर्वाचन तिर जाँदापनि आफुहरु एकेवादता भएर नजाने हो भने पुन: देश प्रतिक्रियाको संघारमा जानसक्ने उनले बताए ।

आफुहरुले तुरुन्त पार्टी एकता गर्न चाहेपनि निर्वाचन नजिकै आएको हुनाले ढिलाई भएको समेत प्रचण्डले बताए ।

कर्णाली प्रदेशका सांसद जिल्ला कमिटि सदस्यहरुलाई सम्बोधन गर्दै प्रचण्डले भने आफुहरु प्रदेश र संघको चुनावपछि एकतामा जाने संकल्प सहित अगाडी बढेको र पार्टी एकताको कार्य टुंग्याएको समेत उनले बताए ।

प्रचण्डले एमसीसीबारे गठित कार्यदलको छिट्टै रिपोर्ट पार्टीलाई बुझाउने र  सो रिपोर्ट जनताकै पक्षमा हुने समेत स्पष्ट पारे ।

कार्यक्रममा नेकपा अद्यक्ष प्रचण्ड सहित वरिस्ठ नेता माधव कुमार नेपाल,महासचिव विष्णु पौडेल लगायतका नेताको उपस्थिति थियो ।

तेस्तै पार्टी एकता पार्टी विभाजनका लागि नभई पार्टीलाई एकताबद्ध बनाउनका लागि भएको  महासचिव पौडेलले बताए ।

कार्यक्रममा नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्माले कर्णालीले जनयुद्ध र जनआन्दोलनका लागि निकै ठूलो भूमिका निर्वाह गरेको बताउँदै सरकारले जति हेर्नुपर्ने हो हेर्न नसकेको दाबी गरे ।