राष्ट्रपतिले गरिन ३२९ कैदीलाई कैद माफी भोलि रिहा गरिने ,

फागुन ६ ,काठमान्डौ – प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ३२९ जना कैदीहरुको बाँकी कैद मिनाहा गरेकी छिन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा बुधबारदेखि लागू हुने गरी प्रकाश थेवेसहित ३ सय २९ कैदीको बाँकी कैद मिनाहा गरेको राष्ट्रपति कार्यालयद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ।
राष्ट्रपतिले सरकारको सिफारिसमा उनीहरूको कैद मिनाहा गरेकी हुन्।
बुधबार ७० औं प्रजातन्त्र दिवस मनाइँदैछ भने सो दिवसको अवसरमा उनीहरु रिहा हुनेछन ।सरकारले वर्षेनी असल चालचलन भएका कैदीहरुको कैद मिनाहा गरेर रिहा गर्ने गरेको छ ।
