प्रधानमन्त्री ओली फेरी अस्पताल भर्ना ,

फागुन ६ ,काठमान्डौ – प्रधानमन्त्री ओलीको स्वास्थ्यमा फेरी समस्या देखिएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि ओलीलाई मंगलबार साँझ महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड टान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो ।

यसपटक प्रधानमन्त्री ओली डायलासिसका लागि नभएर अन्य उपचारका लागि भर्ना भएको एक चिकित्सकले बताए ।

lekbesi

अहिले प्रधानमन्त्री ओलीको सेन्टरको क्याथ ल्याबमा स्वास्थ्य परीक्षण भइरहेको छ।प्रधानमन्त्री ओली मिर्गौलाको खराबीका कारण केही समययता नियमित डायलासिस गराउँदै आएका छन्।