प्रजातन्त्रमा पुर्वराजा शाहको सुभकामना प्रजातन्त्र केही टाठाबाठा र आर्थिक स्वार्थका लागिमात्र होइन,
फागुन ६ ,काठमान्डौ – पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालको प्रजातन्त्र सार्थक हुन नसकिरहेको बताएका छन् ।
भविश्यको कोरा सपना मात्र बाँडेर समय खेर नफाल्न र सर्वहितकारी प्रजातान्त्रिक धर्म निर्वाह गर्न राजनीतिक नेतृत्वसँग राजा ज्ञानेन्द्र शाहले आग्रह गरेका हुन् ।
फागुन ७ गते ७० औ प्रजातन्त्र दिवसका अवसरमा जारी शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले आफ्नो देशदर्शन र वैदेशिक भ्रमणका क्रममा नेपालको प्रजातन्त्र जनजीवनको उत्थान, उमंग र उत्साहमा सार्थक हुन नसकिरहेको प्रतिक्रिया बताएका हुन् ।
पूर्वराजाले प्रजातन्त्र केही टाठाबाठा र केहीको आर्थिक स्वार्थका लागिमात्र होइन भन्दै सबै जनताले प्रतिफल पाउनुपर्ने बताएका छन् ।
पुर्वराजा शाह यतिखेर भारतमा छन् ,उनले भारतबाट नेपालि जनतालाई प्रजातन्त्रको सुभकामना दिएका हुन् ।