एमसिसि कार्यदलले अध्यनमात्र गर्छ परराष्ट्रमन्त्री ,

फागुन ७ ,काठमान्डौ – एमसीसी बारे सरकारको दृष्टिकोण प्रष्ट रहेको र नेकपाको कार्यदलले यसबारे अध्ययन गर्नेमात्र म्याण्डेट पाएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् ।

नेकपा केन्द्रीय कमिटीबाट अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे अध्यन गर्न गठित झलनाथ खनाल नेतृत्वको कार्यदलमा स्थायी कमिटी सदस्य भीम रावल र मन्त्री ज्ञवाली सदस्य छन् ।

बंगलादेशको औपचारिक भ्रमणबाट फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री ज्ञवालीले गत साउनमै संसदमा सरकारले एमसीसी पारित गर्ने प्रस्ताव पेश गरिसकेकाले सरकारको दृष्टिकोण प्रष्ट रहेको बताएका हुन् ।

lekbesi

अहाम्रो पार्टीको बैठकमा समुहगत छलफलमा कतिपय साथीहरुले बाझ्ने अन्यौल भयो भनेर यसबारे अध्यन गर्न कार्यदल बनेको हो ।हाम्रो म्याण्डेट पनि त्यतिनै हो ।

दोस्रोपटक म्याद थप भएको अवधिभित्रै चाँडैनै हाम्रो प्रतिवेदन बुझाउछौं मन्त्रि ज्ञवालीले भने ।

फागुन ५ देखि ७ गतेसम्मको औपचारिक भ्रमणका क्रममा नेपाल र बंगलादेशबीच ब्यापार,पर्यटन, कनेक्टिभिटीलगायतका विषयमा महत्वपूर्ण छलफल भएको मन्त्री ज्ञवालीले बताए । बंगलादेशका विदेशमन्त्री डा।

एके अब्दुल मोमेनको निमन्त्रणमा ज्ञवाली ढाका गएका थिए । द्विपक्षीय वार्ताका क्रममा जलविद्युत लायत उर्जाका स्रोतहरुको विकास तथा व्यापार गर्ने विषयमा सहमति भएको मन्त्रि प्रदिप ज्ञवालीले बताए ।

त्यस्तै बंगलादेशका वाणिज्यमन्त्री टिपु मुन्सीसँगको वार्तामा बंगलादेशमा निर्यात प्रवर्द्धन र दुवै मुलुकबीच कनेक्टिभिटी वृद्धि गर्ने सम्बन्धमा छलफल भएको जानकारी दिए ।

दुवै देशलाई सम्पर्कमा जोड्न सडक मार्गको सुधार तथा रेलमार्गको संजाल विस्तारमा साझेदारी गर्ने समहमति भएको पनि उनले बताए ।नेपालका सदि भारत र बंगलादेशका नदीहरुसंग जोड्ने र जलमार्गको विकास गर्ने साझेदारी भएको समेत उनले बताए ।