कर्तब्य ज्यान मार्ने उद्योग मुद्दामाका फरार ब्याक्ति पक्राउ ,
फागुन ७ ,काठमान्डौ – पटक पटक गुण्डागर्दीमा संलगन रहेको र ठेकेदार हरुलाई ज्यानमार्ने धम्कि दिने ब्याक्तिलाई महाशाखाको टोलीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक जुगल गाँउपालिका ३ बोल्दे हाल काठमान्डौ जोरपाटी बस्दै आईरहेका वर्ष ३७ को पासलाल तामाङ रहेका छन् ।
हाईड्रोपावरका ठेकदारलाई धाक धम्कि र हात खुट्टा भाँचीदिने धम्कि दिएर फरार रहेका ब्याक्तिलाई महाशाखाको टोलीले कोटेश्वर जडिबुटीबाट पक्राउ गरेको बताएको छ ।
फरार रहेको ब्याक्तिले महिलामाथि अभद्र ब्यबहार गरेको सुचनाको आधारमा माहाशाखाको टोलीले पक्राउ गरेको बताएको छ ।
महानगरीय प्रहरी परिसरका अनुसार पक्राउ परेका ब्याक्ति कर्तब्य ज्यान मार्ने उद्योग मुद्दामा करिब १८ महिना जेल भुक्तान गरि रिहा भई सिन्धुपाल्चोक जिल्लामा ज्यान मार्ने उद्योग मुद्दामा सेमत संलग्न रहन आएको फरार रहेको भन्ने बुझिन आएको हो ।
पक्राउ परेका उनलाई थप अनुसन्धान कार्वाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको शाखाले जनाएको हो ।