लैनो भैंसी गोठबाट चोरेको आरोपमा दुईजना पक्राउ,

फागुन ७ ,काठमान्डौ – स्याङ्जाको भिरकोटमा दुध दिने भैँसी चोरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

दुधदिने लैनो भैँसी र पाडोसहित चोरी गर्ने २४ वर्षीय अजमत अली र २७ वर्षीया महमद अलीलाई वडा प्रहरी कार्यालय वालिङले पक्राउ गरेको हो ।

भीरकोट नगरपालिका-१ बस्ने तेजबहादुर केसीको पाडो फागुन ३ गते र फागुन ४ गते भीरकोट नगरपालिका,२ बस्ने जमुना केसीको भैंसी गोठबाटै हराएपछि उनीहरुले प्रहरीमा उजुरी दिएका थिए ।

प्रहरीमा उजुर परेपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा प्रहरीले दुई दिनमै भैंसी लान प्रयोग गरिएको जिपसहित दुईजनालाई पक्राउ गरेको हो ।

प्रहरीले ग १ ज ५८४१ नम्बरको जीपसमेत नियन्त्रणमा लिएको छ । सोही जिपमा भैंसी र पाडी राखेर बयरघारी बजारतर्फ ल्याउँदै गर्दा प्रहरीको सोधखोजपछि उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ परेका आरोपितलाई अनुसन्धान गरि दुवै जनालाई जिल्ला अदालतमा म्याद थपि कारवाही अगाडी बढाएको प्रहरी निरीक्षक निरन्जन घिमिरेले जानकारी दिए ।

मुलुकी अपराधसंहिता ऐन २०७४ अनुसार उनीहरुलाई ३ वर्ष कैद र ३० हजार जरिवानाको व्यवस्था रहेको घिमिरेले बताए।