बास्कोटाको मन्त्रि पद खतिवडालाई ,

फागुन ८ ,काठमान्डौ – सञ्चार तथा प्रविधि मन्त्रि गोकुल प्रसाद बास्कोटाको राजिनामा स्वीकृत भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

सञ्चारमन्त्रि बास्कोटाले सेक्युरिटी प्रेस खरिदबाटआउने कमिसनको कुरा गरेको अडियो सार्वजानिक भएपछि उनले बिहिबार राजिनामा दिएका थिए ।

उनले सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी सम्हालिरहेका थिए।बास्कोटाले राजिनामा दिएपछि खालि भएको जिम्मेवारी अर्थमन्त्री युवराज खतिवडा र यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई दिइएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ।

lekbesi

यस्तो छ रास्ट्रपति कार्यालयको विज्ञप्ति ,

आज मिति २०७६ साल फागुन ८ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले मौजुदा मन्त्रिपरिषद्का माननीय सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्री गोकुलप्रसाद वाँस्कोटाले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम आफ्नो पदबाट राजीनामा दिनुभएकोले सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा निजले सम्हाल्दै आउनुभएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार माननीय अर्थमन्त्री डा. युवराज खतिवडाले र सहरी विकास मन्त्रालयको कार्यभार माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ्‌गले सम्हाल्ने गरी तोक्नु भएको छ।