के हो बास्कोटाको कमिसनको खेल यस्तो छ रहस्य ,

फागुन ८ ,काठमान्डौ – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले नैतिकताको आधारमा राजिनामा दिएको बताएका छन् ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रिया अगाडि बढाएसँगै बास्कोटा विवादमा तानिएका थिए ।

तर मन्त्रिपरिषद्ले जीटुजीमा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्ने निर्णय गर्दै फ्रान्स वा जर्मन मध्ये ऐन नियमअनुसार उपयुक्त प्रस्ताव रोज्न बास्कोटालाई नै दियो ।

lekbesi

स्वीस कम्पनी यो रेसबाट बाहिरियो । संसदको सार्वजनिक लेखा समितिमा पनि यसबारे उजुरी पर्‍यो ।

बिहीबार सेक्युरिटी प्रिन्टिङ प्रेसबारे छलफल गर्न समितिको बैठक बोलाइएको थियो । त्यसको अघिल्लो दिन बास्कोटा र स्वीस कम्पनीका एजेन्ट विजय मिश्रबीच कमिसनबारे कुराकानीको अडियो लिक भएको हो ।

उक्त अडियो मिडियामा आएपछि उनीसंग प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल गरेका थिए र तत्काल राजिनामा दिन आग्रह गरे ।

बास्कोटाले आफु माथि उठेका प्रश्नको लागि भन्दै नैतिकताको आधारमा राजिनामा दिए ।

राजिनामा दिएको औपचारिक पुस्टि सभामुख अग्नि सापकोटाले संसदमा गराएका थिए भने सरकारको ध्यानआकर्षण भएको थियो ।

तत्काल रास्ट्रपति कार्यालयले एक विज्ञप्ति जारि गर्दै सञ्चार मन्त्रि बास्कोटाको मन्त्रालय पद अर्थमन्त्री युवराज खतिवडा र यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई दिइएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ।

बास्कोटाले सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी सम्हालिरहेका थिए।

औपचारिक रुपमा राजिनामा आउन बाँकी छ ।मन्त्रि बास्कोटाले राजिनामा दिईसक्नु भएको छ र, सरकारको ध्यानाकर्षण पनि भइसकेको छ ।तेसतई मन्त्रि बास्कोटाले मेरो बारेमा प्रश्न उठेको हुनाले नैतिकाको आधारमा राजिनामा दिएको बताएका हुन् ।उनले ट्वीट गर्दै यस्तो बताएका हुन् ।