नेविसंघ र अनेरास्ववियुका कार्यकर्ताबीच ग्याङ फाइट,दुईजना आइसियूमा ,

फागुन ८ काठमान्डौ – सत्तारुढद दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस निकट विद्यार्थी संगठनबीच पोखराको पृथ्वीनारायण क्याम्पसमा झडप भएको छ ।

क्याम्पस परिसरमा उनीहरुबीच रड हानाहान भएको थियो । हानाहान गर्दा अनेरास्ववियुका विराट दवाडी र विशाल पन्त घम्भिर घाईते भएका छन् ।

नेविसंघका सतिश बास्तोलाको नेतृत्वको टोलीले रड प्रहार गर्दा उनीहरु गम्भिर घाइते भएको अनेरास्ववियु कास्कीका अध्यक्ष विवेक देवकोटाले जानकारी दिए ।

उनका अनुसार घाईते दुवैलाई मणिपाल अस्पतालमा उपचार भइरहेको र आइसियूमा राखिएको छ ।

उनका अनुसार झडपमा नेविसंघका केही सदस्य पनि घाईते भएका छन् ।यसअघि अनेरास्ववियुका विराट र विशालले नेविसंघका सतिशमाथि पनि हमला गरेका थिए ।

संगठनमा आबद्ध भएपनि व्यक्तिगत रिसिइबी साँध्न सांगठनिक हमला भएको अनेरास्ववियुले बताएको छ ।

झगडा भएको जानकारी हुन आएपनि अहिले सम्म कुनै जाहेरी नपरेको जिल्ला प्रहरी कार्यालय कास्कीले बतायको हो ।लिखित मौखित कुनै जाहेरी परेको छैन र पीएन क्याम्पसमा यस्ता घटना बारम्बार हुने गर्दछन ।