शिवरात्रिमा भक्तालुजनलाई हेलिकोप्टरबाट फुलको वर्षा ,
फागुन ९ ,काठमान्डौ – महा शिवरात्रिको पर्वमा दर्शन गर्न आएका भक्तालुजन्लाई हेलिकोप्टरबाट फुल अबिरको वर्षाले स्वागत गरिएको छ ।
दुईवटा हेलिकोप्टरबाट शिवरात्रिको झण्डा फहराउदै फुल अबिरले पशुपति नाथ मन्दिरमा दर्शन गर्न आएका भक्तजनहरुलाई स्वागत गरिएको हो ।
दर्शनको लागि आएका सबै दर्शनार्थीहरुलाई पशुपति विकास कोषले स्टल बनाएर खान पिनको वेव्स्था गरेको छ ।
तेस्तै विभिनन संघ सस्थाले दर्शनार्थीलाई आ आफ्नो ठाँउबाट सहयोग गरेका छन् ।अन्तरास्ट्रिय ग्राण्डि हस्पिटल देखि विभीन्न अस्पतालले प्राथामिक उपचारको सेवा दिरहेका छन् ।
तेस्तै दर्शन गर्दा मन्दिरमा कुनै किसिमको झडप नहोस भन्दै विभिन्न स्थानमा सुरक्षाकर्मीहरु खटिएका छन् ।
तेस्तै सिताराम दुधले पनि दर्शन गर्न आएका भक्तालुजनलाई निशुल्क दुध वितरण गरेको छ ।
पशुपति विकास कोषले क्षेत्रमा फोहोर हुन नदिन सरसफाई स्वयम सेवक भनेर खटाएको छ ।