नेपालका कम्युनिस्टहरु समाप्त हुने संकेत गर्दैछन,प्रचण्ड
फागुन ९ ,भक्तपुर – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट पार्टीका नेताहरु आफ्नो आदर्शबाट विचलित हुने गरेको बताएका छन् ।
कम्युनिस्टहरु क्रान्तिमा ठुला ठुला त्याग गरि आउने तर सत्तामा पुगेपछि भ्रष्टाचारमा लिप्त हुने गरेको बताएका छन् ।
शिवरात्रि सेना दिवसको दिन भक्तपुरमा कम्युनिस्ट पार्टीका संस्थापक नेता नारायणविलास जोशी समृति प्रतिष्ठानको भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने.
क्रान्तिमा जनताको मन जित्ने कम्युनिस्टहरु सत्तामा पुगेपछि लोभ लालच भ्रस्टाचारमा लिप्त भएको देखियो ।
ईतिहासमा पनि कम्युनिस्ट पतनका यस्तै संकेत छन् । क्रान्तिमा जनता संगै खाने बस्ने र सुत्ने हिड्ने कम्युनिस्ट आज त्यो अदर्शबाट विचलित हुने गरेका घट्ना विश्व इतिहासमा पनि छन् ।
मृत्युलाई पनि सामना गरेर जस्तोसुकै तपस्या गर्नेहरु सत्तामा पुगेपछि जनताका काम गर्न छाड्ने र कम्युनिस्ट सिद्धान्तबाट विचलित हुने गरेको दाहालले बताए ।
हाम्रो नियति पनि त्यसै जाने खतरा, गइसक्यो भनेको होइन । संकेत देखिएको छ तर त्यति राम्रो संकेत देखिएनन् ।
आजभोलीका घट्ना हेर्दा जो मान्छेहरु विग्रने जस्तो देखिदैछ’। कम्युनिस्ट पार्टीका नेताहरुको पछिल्लो पटक देखिएको चरित्रप्रति प्रचण्डले यस्तो धारणाको संकेत गरेका हुन् ।