रास्ट्रपतिले गरिन पशुपति नाथको दर्शन,
फागुन ९ ,काठमान्डौ – रास्ट्रपति विद्यादेवी भण्डारीले पशुपति नाथको दर्शन गरेकी छिन ।,
महाशिवरात्रिको अवसरमा राष्ट्रपति भण्डारीले आज करिब १५ मिनेट मन्दिरमा पुजा अर्चना गरेकी हुन् ।
लगतै उप रास्ट्रपति नन्द बहादुर पुन पर्यटन मन्त्रि योगेश भट्टराईले पनि पशुपति नाथको दर्शन गरेका छन् ।
महाशिवरात्रिको अवसरमा आज करिब ३० लाख भन्दा बढीले पशुपति नाथको दर्शन गरेका छन् ।
वर्षीपिछे पशुपतिनाथमा शिव रात्रिको दिन दर्शालुको घूईचो हुने गर्दछ ।