महादेवले पानी पठाए,

फागुन ९,काठमाडौ – राजधानीमा वर्षा सुरु भएको छ ।आज महाशिवरात्रीकै दिन काठमाडौमा पानी परेपछी भक्तालुजनले महादेवले पानी पठाएको बताउछन ।

बिहानै देखि खराब देखियको मौसममा दिन भर केही हल्का सफा देखीएपनी साझपख वर्षा परेको हो ।

राजधानी संगै आसपासका जिल्लाहरु देखि हिमाली उच्च भू भागमा पनि वर्षा भईरहेको छ ।

तेस्तै मौसममा प्रतिकुल भएपछि शुक्रबार आन्तरिक हवाई उडान प्रभावित भएको छ ।

मौसममा भएको बदलीका कारण बिहानैदेखि देशका अधिकांश विमानस्थलको सेवा अवरुद्ध भएको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिए ।

मौसमका कारण त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलमा भिजिबिलिटि कम भएपछि आन्तरिक उडान अवरुद्ध भएको केसीले बताए ।

अन्तर्राष्ट्रिय उडान भने निरन्तर भईरहेको विमानस्थल कार्यालयले बताएको हो ।