बास्कोटा अख्तियारको निगरानीमा ,महत्वपुर्ण कागजात कब्जामा ,

फागुन ९ ,काठमान्डौ – सेक्युरिटी प्रेस खरिद प्रकरणमा मुछिएपछि निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निगरानीमा परेका छन् ।

सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोडको कमिसन डिल गरेको अडिओ सार्वजनिक भएपछि बाँस्कोटाले राजीनामा दिएका थिए ।

यस प्रकरणसँग सम्बन्धित तथ्य र प्रमाण नष्ट हुनसक्ने खतरा ध्यानमा राख्दै अख्तियारले बाँस्कोटालाई निरगानीमा राखेको छ र बास्कोटा संग छिट्टै अख्तियारले बयान लिने तयारि गरेको स्रोतले बताएको छ ।

lekbesi

बास्कोटाको राजिनामा पछि उनको कर्यकक्षमा रहेका महत्वपूर्ण कागजात अख्तियारले आफ्नो कब्जामा लिईसकेको छ ।

प्रेस खरिद प्रक्रियामा बाँस्कोटाले स्वीस कम्पनीका नेपाली एजेन्ट भनिएका विजयप्रकाश मिश्रसँग ७० करोड कमिसन मागेको अडिओ बुधबार सार्वजनिक भएको छ ।

अडियो सार्वजनिक भएको भोलिपल्ट उनले राजिनामा दिएका हुन् ।
बास्कोटाको औपचारिक रुपमा राजिनामा आएको सभामुख अग्नि सापकोटाले संसदलाई जानकारी गराएका थिए ।

लगतै रास्ट्रप्ति कार्यालयले एक विज्ञप्ति जारि गर्दै बास्कोटाको मन्त्रालयमा अर्थमन्त्री युवराज खतिवडालाई नियुक्त गरेको छ ।