एमसिसि कार्यदलले बुझायो प्रतिवेदन संशोधन गर्न सुझाव,
फागुन ९ ,काठमान्डौ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कार्यदलले अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अध्ययन कार्यदलले आफ्नो प्रतिवेदन पार्टी अध्यक्षद्वयलाई बुझाएको छ ।
प्रतिवेदनमा यथास्थितिमा एमसीसी संसदबाट पारित गर्न नहुने सुझाव दिइएको छ । एमसिसिको विषयमा नेकपा पार्टी भित्र देखि बाहिर चर्को आवाजमा विरोध भएपछि गत माघ १९ गते केन्द्रीय कमिटी बैठकले तीन सदस्यीय कार्यदल गठन गरेको थियो ।
जसमा वरिष्ठ नेता झलनाथ खनाल संयोजक रहेको कार्यदलमा स्थायी कमिटी सदस्य एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भीम रावल सदस्य थिए ।
कार्यदल गठनले आज शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर सुझावसहितको प्रतिवेदन अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीलाई बुझाएको कार्यदल सदस्य भीम रावलले जानकारी दिए।
कार्यदललाई १० दिनभित्र प्रतिवेदन बुझाउने समयसीमा दिइएको थियो। समयमा प्रतिवेदन बुझाउन नसकेपछि थप १० दिनको समय पाएको थियो।
एमसीसी सम्झौता सम्बन्धीका डकुमेन्टहरुको अध्ययन गर्दा अहिलेसम्म सार्वजनिक नभएका अरु पनि १४-१५ वटा सहायक सम्झौताहरु फेला परेको कार्यदलका संयोजक झलनाथखनालले बताए ।
कार्यदलले तोकिएको कार्यदलले प्रतिवेदन बुझाएपछि अब एमसीसीका सम्बन्धमा नेकपाले थप निर्णय गर्नेछ।