क्यान्सर रोगीनै लागु लागूऔषध कारोबारोमा,

फागुन १० ,काठमान्डौ – मुखको क्यान्सर रोगले ग्रसित र अन्तिम चरणमा पुगेका बिरामी लागुऔषध कारोबारोमा संलग्न भएको भेटिएका छन् ।
झापा मेचीनगर,१०, टिकापुरका ३८ वर्षीय हिरालाल राजवंशीलाई प्रहरीले पक्राउ गरेको हो ।
विशेष सुराकीको आधारमा पक्राउ गरि जिल्ला प्रहरी कार्यालय, झापा र इलाका प्रहरी कार्यालय, काँकरभिट्टाले चेकजाँच गर्दा यस्तो रहस्य खुलेको हो ।

गत बुधबार चेक जाँचको क्रममा राजवंशीले प्लाष्टिकमा प्याक गरेको अवस्थामा एक सय ग्राम ब्राउन सुगर बरामद भएको झापाका प्रहरी प्रमुख एसपी कृष्ण कोइरालाले बताएका हुन् ।
अनुसन्धानमा उनि लागुऔषध सेवन कर्ता र कारोबारी खुलेको उनले बताए ।पक्राउ गरि हिरासतमा लिएपछि उनि क्यान्सर रोगले ग्रसित बिरामी भएको खुलेको हो ।
बरामद वस्तुलाई परीक्षणका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाइसकेका र जसलाई अनुसन्धान गर्न ९० दिनको हकम्याद रहने कोरालाले बताए।

प्रयोगशालाको रिपोर्ट आएपछि सरकारी वकिल कार्यालयको प्रहरीले रायसहितको प्रतिवेदन पेश गरि अदालतमा अभियोग दायर हुने पनि उनले बताए ।
राजवंशीको भने मुखको क्यान्सर हुँदै दांत देखि दिमाग सम्म पुगेको बिर्तामोडमा रहेको पूर्वाञ्चल क्यान्सर अस्पतालका रेडियन अंकोलोजिस्ट डा. विरेन्द्र यादव नेतृत्वको टोलीले बतायो ।
उनको पूर्वाञ्चल क्यान्सर अस्पतालमा थेरापी भईरहेको थियो । केहि समयदेखि उपचार गरिरहेका हिरालाल राजवंशी प्रहरी संग अस्पतालमा पुग्दा चिकित्सकहरुनै अचम्ममा परे ।
राजवंशीको क्यान्सर चौथो चरणमा पुगिसकेको समेत चिकित्सकले प्रहरीलाई बतायो ।
उँहा सधै थेरापी गराउन आउनु हुन्थ्यो अहिले प्रहरी संग आउँदा बल्ल थाहा भयो पक्राउ पर्नुभएको रहे छ एक चिकित्सकले भने ।
अनुसन्धानमा भने उनले आफ्नो क्यान्सर रोगको लागि उपचारको खर्च जुटाउन उक्त कारोबार गरेको बताएको अनुसन्धानमा संलग्न एक अधिकृतले बताए ।
