प्रचण्ड मिथिला क्षेत्रको डालो बोकेर मख्ख ,
फागुन ११ ,जनकपुरधाम – नेकपा अध्यक्ष प्रचण्डले मैथिल बाहुल्य क्षेत्र धनुषामा हिन्दीमा भाषण गर्दै मिथिला क्षेत्रको डोलालाई काँधमा उठाएका छन् ।
मिथिला बिहारी नगरपालिकाको कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट भजन, किर्तनसहित डोला निकालिँदा प्रचण्डले केही दुरीसम्म डोलालाई बोकेका हुन् ।
परिक्रमामा नेपाल र भारतका हजारौं साधु, सन्त, महन्थ तथा आम श्रद्धालु सहभागी छन् ।
बिहान मध्य धनुषाको कचुरीस्थित मिथिला विहारी मठबाट निस्केको मिथिला विहारी (जानकी)को डोला उचाल्न दाहालसँगै पूर्वमन्त्री रघुवीर महासेठ, सांसद जुली महतोलगायत नेता पुगेका थिए।
मिथिला मध्यपरिक्रमामा निकालिने डोला संस्कृतिको प्रशंसा गर्दै प्रचण्डले नेपालीसहित भारतीय हिन्दु धर्माम्बलीले निकाल्ने मध्यपरिक्रमाको ठूलो महत्व रहेको बताए ।
फागुन अमावश्याको दिन कचुरीको मिथिला विहारी मठबाट सुरु भएको मध्यमा परिक्रमा भारतको कलानेश्वर, फुलहर हुँदै महोत्तरीको मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कंचनवन तथा धनुषाको पर्वता, धनुषाधाम, सतोषर, औरही, औरसाहा तथा पुनः भारतको करुणा, विसौल, कलानेश्वर हुँदै फागु पूर्णिमाको पूर्वसन्ध्यामा पुनः जनकपुर फर्किने छ।
पूर्णिमाको बिहान जनकपुरको अन्तः गृह परिक्रमा गरी १५ दिने धार्मिक यात्रा सम्पन्न हुनेछ।
डोला निकाल्ने क्रममा प्रचण्ड आएको मनाङ्ग एयरको हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको थियो यो पर्व झन्डै सय वर्ष अघि देखि धार्मिक यात्रामा साधु सन्तसँगै सर्वसाधारणको पनि उल्लेख्य सहभागिता रहने गर्छ।
महात्म्यमा मिथिलाको परिक्रमा गरेर अनेकौ ऋषि मुनिले मोक्ष प्राप्त गरेको, ज्ञान आर्जन गरेको तथा रोगबाट मुक्ति पाएको उल्लेख छ।परिक्रमावासीहरुले नेपालमा १ सय ५ तथा भारतको २८ गरी १ सय ३३ किलोमिटरको यात्रा गर्छन् ।