धुर्मुसले घोसना गरे फेरी अर्को नमुना काम अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा लाग्ने ,,

१५ चैत, काठमाडौं -सामाजिक संजाल मा सबैका मन मुटुमा बस्न प्यारा भयका सिताराम कट्टेलले अब अर्को नमुना काम गर्ने घोसना गरेका छन् ,उनले नेपाल सरकारले समेत गर्न नसकेको काम गरि सकेका छन् तसर्थ उनि सबैको हिर्दयामा बसेका छन् ४ वटा नमूना वस्ती निर्माण गरेर हस्तान्तरण गरिसकेका हास्य कलाकार सिताराम कट्टेल धुर्मुसले अब अन्तर्राष्ट्रिय क्रिकेट निर्माणमा जुट्ने घोषणा गरेका छन् ।

नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाएपछि उनीमाथि क्रिकेट रंगशाला निर्माणको अभियान अघि बढाउन जनस्तरबाट दवाव बढेको थियो ।

उनले आफ्नो फेसबुक स्टाटसमा लेख्दै धुर्मुसले अन्तर्राष्ट्रिय रंगशाला निर्माणको लागि धुर्मुस सुन्तली फाउन्डेसनले संयोजन गर्ने खुलाएका छन् । उनका अनुसार चाँडै रंगशाला निर्माण समिति बन्नेछ र त्यही समितिको रोहबरमा रंगाशाला बन्नेछ । तर यो अभियान धुर्मुस सुन्तली फाउन्डेसनको मात्रै नभयर एउटा राष्ट्रकै अभियान भयको पनि उनि बताउछन  ।यो परियोजना सरकारर्लाइ सघाउनका लागि निम्ति भएको भन्दै यसमा नेपाल सरकारले गम्भिरतापूर्वक साथ, सहयोग र समन्वय गर्ने पनि धुर्मुसले बताय ।

धुर्मुसले यसअघि नमूना नेपाल नामको अर्को परियोजना घोषणा गरेका थिए ,उनले दुवै परियोजना आफूहरुका लागि उत्तिकै महत्वपूर्ण हुने उल्लेख गर्दै सोधेका छन्, ‘अब भन्नुहोस कुन चाहिँ पहिला ? यसको जवाफमा धेरैबाट पहिले क्रिकेट रंगशाला निर्माण हुनुपर्ने प्रतिक्रिया आएको छ ।