बर्दीमा टिकटक बनाउने प्रहरीका सईलाई कारवाही ,

फागुन ११ ,काठमान्डौ – बर्दीमा टिकटक बनाउने नेपाल प्रहरी एक जवान कारवाहीमा परेका छन् ।

महानगरीय प्रहरी प्रभाग सुडाल, भक्तपुरका इञ्चार्ज प्रहरी नायब निरीक्षक (सई) रत्नबहादुर थापा कारबाहीमा परेका हुन् ।

बर्दीमा टिकटक बनाउनु प्रहरी आचारण विपरित भएको भन्दै उनलाई महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीले इञ्चार्जबाट तानेर अनुसन्धान सुरु थालेको छ ।

रानीपोखरीका प्रहरी नायब महानिरिक्षक डीआईजी) विश्वराज पोखरेलले थापाको ठाउँमा सई राजु प्रसाईंलाई पठाइसकिएको जानकारी दिए।

आचारण विपरित बर्दीमा विभिनन खाले भिडियो बनाउने अन्यहरुमा पनि अनुसन्धान थालिएको उनले बताए ।