प्रधानमन्त्रीलाई पनि अख्तियारीमा उजुरी ,
फागुन ११ ,काठमान्डौ – निवर्तमान सञ्चार तथा प्रविधि मन्त्रि गोकुल बाँस्कोटालाई अख्तियारीमा उजुर परेलगतै प्रधानमन्त्री केपी शर्मा ओली सहित पूर्वसञ्चार सचिव महेन्द्र गुरूङ र नेपाल सेक्युरिटी प्रेस काउन्सिलका प्रमुख विकल पौडेलविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।
उजुरी गर्नेमा बाँके नेपालगञ्जका प्रेमबहादुर शाही र मकवानपुर हेटौँडाका आनन्दराम पौडेल छन् ।
सेक्युरिटी प्रेस खरिद प्रक्रियामा स्वीस कम्पनीसँग निवर्तमान मन्त्री बाँस्कोटाले ७० करोड ‘कमिसन’ मागेको अडियो प्रधानमन्त्रीले डेढ महिनाअघि नै पाएपनि संलग्नहरुलाई कारवाहीका लागि कदम नचालेकाले प्रधानमन्त्री ओलीसहित चारैजनालाई उजुरुकर्ताले कारवाहीका माग गरेका छन् ।
शाही र पौडेलले प्रधानमन्त्री ओली निवार्तमान मन्त्री बाँस्कोटा सूचना तथा संचार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ र नेपाल सेक्युरिटी प्रेसका सिइओ विकल पौडेलविरुद्ध उजुरी दिएका हुन् ।अख्तियारले उजुरी दर्ता गरिसकेको बताएको छ ।