३ बजे राति श्रीमती र बुबा गोठमा एकसाथ् फेलापर्दा घट्यो गम्भीर घटना ,

फागुन ११ ,काठमान्डौ – बुहारीसँग अनैतिक सम्बन्ध राखेको फेला पारेपछि छोराले बाबुको हत्या गरेका हुन् ।

गत माघ २८ गते रौतहटको दुर्गा भगवती गाउँपालिकामा ७० वर्षीय फेकन पण्डितको आफ्नै छोरा राजकुमार पण्डित कुम्हारले हत्या गरेको प्रहरीले बताएको हो ।

प्रहरी अनुसन्धानमा उनले आफ्नै श्रीमतीबिचको सम्बन्धबारे थाहा पाएपछि घर नजिक रहेको गोठमा सुतेका बुबालाई धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरी सामु बयान दिएका छन् ।

राजकुमारका श्रीमती र बुबाबिच केही समयदेखि अवैध सम्बन्ध रहेको राजकुमारले थाहा पाएपछि ‘उनले बुबाको हत्या गरेको स्वीकारेको जिल्ला प्रहरी प्रमुख एसपी रविराज खडकाले बताए।

प्रतेक हप्तामा ससुराले बुहारीलाई गोठमा बोलाउथे श्रीमान् सुतेको मौका छोपी श्रीमतीपनि ससुराको साथमा जाने गरेको राजकुमारले बताए ।

घटना भएको बिहान श्रीमती ओछ्यानमा नदेखेपछि राजकुमार सिधै गोठमा पुगे तेहा उनले दुवैलाई पाए पछि नजिकै रहेको हतौडाले बाबुको टाउकोमा प्रहर गरे ।

हल्ला गरे ठिक नहुने भन्दै उनले आफ्नो श्रीमतीलाई चुप बस भन्दै धम्काए।तेस्पछि राजकुमारले आफ्नो बाबुको हत्या भयो भन्दै गाँउलेलाई चिच्याएर गुहारे लगतै प्रहरीपनि घटना भएको ठाँउमा पुगेको थियो ।

त्यो बेला घटना कसले गर्यो भन्ने कसैलाई थाहा भएन प्रहरीले लागेको तालिम प्राप्त कुकुरले राजकुमारलाई घटना भएको ठाँउमा झम्टेको थियो ।

कुकुरले झम्टेपनि र केहि संका गरेपनि घटना भएको घरका सदस्यलाई संका गर्ने ठाँउ नरहेको प्रहरीले बतायो ।

ससुरा सुतेको ठाँउमा बिहान ३ बजे बुहारी किन गयको भन्दै अनुसन्धान गर्दा रहस्य खुलेको एसपी खड्काले बताए ।

तत्काल राजकुमारलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा बाबु र आफ्नै श्रीमतीको सम्बन्धका कारण बाबुको हत्या गरेको उनले स्वीकारेका छन् ।

राजकुमारलाई ज्यान सम्बन्धी मुद्दा दर्तागरी जिल्ला अदालत गौरबाट ५ दिनको म्याद थमाइ थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरीका डीएसपी नविन कार्कीले बताए ।राजकुमार पिपरा बजारमा किराना पसल गर्दै आईरहेका छन् ।