पोखरामा प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउन खोज्ने ६ जना पक्राउ ,

फागुन १२ ,पोखरा – प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेकपा गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री ओली पोखरा सभागृहमा पुग्दै गर्दा उनीमाथि नाराबाजी चलेको थियो ।

गेट बाहिर समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनका विद्यार्थीले नाराबाजी गर्दै प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउन खोज्दा उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा समाजवादी विद्यार्थीका उपाध्यक्ष नेत्र चापागाईं, रेशम सापकोटा लगायत ६ जना रहेका छन् ।

पोखरा सभागृहमा सोमबार र मंगलबार प्रशिक्षण र बैठक बस्दैछ उक्त प्रशिक्षनमा प्रधानमन्त्री ओली सहभागी लगायत १६ सय जनाको सहभागिता हुँदै छ ।

सभागृह विद्यार्थीले निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाको अडियो प्रकरण साथै यति होल्डिङ्सलाई सर्वाजनिक जग्गा उपलब्ध गराएको,भन्दै नाराबाजी गरेका थिए।