कांग्रेस भनेको सुरालको रङ्ग मिलेन भनेर विरोध गर्ने पार्टी हो प्रधानमन्त्री ओली ,

कुखुराको चल्ला जस्तो च्याउ र म्याउ गर्छन ,

फागुन १२ कास्की – नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षि दल नेपालि कांग्रेसलाई कुकुराको चल्लाको संज्ञा दिएका छन् ।

नेपालि कांग्रेस सरकारको आलोचना गर्न मात्र बनेको पार्टी जस्तो हो ।कुनै काम नपाएपछि गैरविषयलाई लिएर सरकारको आलोचना गर्दै कराउने गर्दछ तेसैले यस्तालाई कुखुराको चल्ला भन्नुनै बेश हुन्छ ओलीले भने ।

सोमबार प्रदेश स्तरिय कार्यकर्ता प्रशिक्षणमा बोल्दै ओलीले भने कुखुराको चल्लाहरुमा एकले केहि टिपेर कुनै कुनामा भाग्छ अनि सबै तेस्को पछि लाग्छन , गैरविषय जसलाई अंग्रेजीमा नन इस्यू भनिन्छ ।

तेस्तै कांग्रेस केहि काम नपाएर माईतिघर मण्डलामा विरोध गर्न पुगेको पनि ओलीले आरोप लगाए ।लामो समयदेखि फरक -फरक विचार बोकेका कमुनिस्टहरु एकता भई आगाडी बढेपछि कांग्रेस झन् आतीएको छ ।

हामि एकताबद्द भएर अगाडी बढिरहेका छौ ।विश्वकै कम्युनिष्ट आन्दोलन, प्रगतिशील आन्दोलन र देशभक्तिपूर्ण आन्दोलनसँग जोडिएको बताउदै कांग्रेसले यो विषयबाट केहि पाठ सिक्न पनि ओलीले आग्रह गरे ।

कम्युनिस्ट सरकार असफल गराउन देशविदेश प्रतिक्रियावादीहरुको चलखेल भईरहेको छ तर हामि कतैपनि असफल हुँदैनौ ।

य दि सरकार असफल भए देशनै दक्षिणपन्थतिर आन्दोलनलाई जान सक्छ ,जनतामा निराश हुन्छ जनताका सपना पुरा गर्न धेरै बाँकी रहेको समेत ओलीले बताए ।

देशको लागि मात्रै नभएर विश्वकै लागि पनि सही बाटो समातेर हिड्नु पर्नेमा प्रधानमन्त्री ओलीले सबैमा जोड दिएका हुन् ।