फेवातालमा डुङ्गा पल्टिदा एकजना वेपत्ता ,
फागुन १२ ,काठमान्डौ – फेवातालमा डुंगा पल्टिदा एक जना वेपत्ता भएका छन् ।
डुंगामा सवार गरिरहेको बेला डुङ्गा पल्टिदा काठमाडौं महानगरपालिका १० कपनका २७ वर्षीय सुमित भन्ने रामशरण लुइटेल वेपत्ता भएका हुन् ।
उनीसँगै डुङ्गामा सवार सुविन चालिसे र रुपेश अधिकारीको भने प्रहरीले सकुसल उद्धार गरेको छ ।
सवार तिनै जना काठमान्डौ १० कपन निवासी हुन् । प्रहरीका अनुसार उनीहरु आफैले डुङ्गा चलाएका थिए।
वेपत्ता लुईटेलको खोजि भईरहेको प्रहरी कार्यालय पोखराका राजेन्द्रबाबु रेग्मीले बताए। डुङ्गा पल्टिएको क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको रेग्मीले बताए ।