महरा पुगे आफ्नो निर्वाचन क्षेत्र भने ठुलो षडयन्त्रबाट फसाईयोको थियो बचेर आए,

फागुन १२ ,दाङ्ग – निवर्तमान सभामुख कृष्ण बाहदुर महरा आफ्नो निर्वाचन क्षेत्र दाङ्गमा पुगेका छन् ।

महराले आफूलाई ठुलो षड्यन्त्रपूर्वक जेल पठाइएको र उक्त विषयलाई विस्तारै बताउदै जाने पनि बताएका छन् ।

महराले भने मा निर्दोष छू अदालतले पुस्टि गरिसकेको छ मैले केहि थप भन्न पर्छ जस्तो लाग्दैन मैले जितेर आएको छु र यसमा जनताको जित छ ।

मलाई गम्भीर षड्यन्त्रपूर्वक जेल पठाइएको थियो । संसद सचिवालयको एक कर्मचारीलाई बलात्कार प्रयासको गरेको आरोपमा महरालाई डिल्लीबजार कारागारमा पठाईएको थियो ।

उनले गत असोज १४ गते सभामुखबाट राजिनामा दिईसकेका छन् भने उनको सांसद पद एथास्थितिमा छ ।

करिब १०३ दिनको कारगार बसाइपछि महराले काठमान्डौ जिल्ला अदालतबाट सफाई पाएका हुन् ।महराको निर्वाचन क्षेत्र दाङ्गमा उनलाई फुल माला सहित जनताले भव्य स्वागत गरेका छन् ।