अडियो प्रकरणमा बाँस्कोटा मात्र हैन अरु माथिपनि छानबिन गरौ देउवा ,
फागुन १२ ,काठमान्डौ – निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरणमा अन्य ब्याक्तिपनि संलग्न रहेको नेपालि कांग्रेस सभापति शेर बहादुर देउवाले बताएका छन् ।
रुपन्देहीमा राष्ट्रियसभा साँसद स्व।दुर्गाप्रसाद उपाध्यायको शोकसभामा सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा सार्वजनिक भएको अडियोमा गोकुल बाँस्कोटा एक्लैले भ्रष्टाचार गर्ने नसक्ने भन्दै अरुको पनि संलग्नता रहेको देउवाले आरोप लगाएका हुन ।
देउवाले भने यो चानचुने विषय होइन बाँस्कोटा एकलैले यति ठुलो दिल गर्ने सक्दैनन् ।
यो विषयमा अरुपनि छन् तत्काल छानबिन अगाडी बढाउन पर्छ देउवाले भने । यो प्रकरणमा नेपालि कांग्रेसले तेतिकै नछोड्ने र देशव्यापी आन्दोलन गर्ने पनि देउवाले बताए ।
सरकारले दुई तिहाईको बलमा मनपरी गरेको र आफ्ना कमजोरी चोख्याउने तथा भ्रष्टाचारीलाई उम्काउने काम गरेको उनले बताए ।
जनताले झुक्किएर कम्युनिस्ट सरकारलाई सत्तामा पुर्याउदा लोकतन्त्रनै मास्सिने खर बढेको काँग्रेस संसदीय दलका सचेतक बालकृष्ण खाँडले बताए ।
बाँस्कोटाले स्याटलाइट, फोरजीलगायतका खरिद प्रक्रियामा अनियमितता गरेको उनको दाबी छ ।
सरकार र यो प्रकरणको लेखा जोखा जनताको सामु भईरहेको संघीय संसद अन्तगर्त सार्वजनिक लेखा समिती संयोजक भरतकुमार शाहले बताए ।