राजतन्त्र गयो ओली तन्त्रपनि जान्छ भट्टराई ,
फागुन १२ ,काठमान्डौ – पोखराको सभागृहमा प्रधानमन्त्री ओलीलाई कालो झन्डा देखाउनेलाई पक्राउ गरेको प्रति समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले आपति जनाएका छन् ।
शान्ति पूर्ण आन्दोलन गर्न पाउनु संविधानप्रदत्त लोकतान्त्रिक अधिकार हो । कालो झण्डा देखाउदैमा पक्राउ गर्नु निरंकुश मार्गमा उद्यत छ । भट्टराईले सोमबार साँझ ट्वीटर गर्दै भनेका छन् ।
पन्चायती कालमा झैँ कालो झण्डा देखाउनेलाई पक्राउ गरिन्थ्यो ओली सरकारले तेसैको झल्को आउने गरि पक्राउ गर्न थाल्यो ।
उनले अगाडी भनेका छन् जसरी पञ्चायत गयो, राजतन्त्र गयो, ओलीतन्त्र पनि जान्छ ।
सोमबार बिहान प्रधानमन्त्री ओली गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न जाँदा उनलाई नेविसंघ र समाजवादी विद्यार्थी युनियनका नेताहरुले कालो झन्डा देखाउने प्रयास गरेको भन्दै ६ जनालाई पक्राउ गरिएको थियो ।
रास्ट्रीय सभागृहको गेट बाहिर उनीहरुले चर्को आवाजमा नाराबाजी गरेका थिए ।