प्रधानमन्त्री ओलीले जन्मदिनमा काटेको केकको मूल्य ३२ हजार ,

केक बोक्ने हेलिकोप्टरले २ लाख ५० हजार ,

फागुन १२ ,काठमान्डौ – प्रधानमन्त्री ओलीले हिजो आफ्नो ६९ औ जन्मदिन भव्यरुपले मानाएका थिए ।

ओलीले आफ्नो जन्मघर तेह्रथुम पुगेर आफ्ना सबै सुभचिन्तकलाई बोलाएर आफ्नो जन्मदिन सेलिब्रेसन गरे ।

ओलीले आफ्नो जन्मदिनमा काट्ने केक वालुवाटारको चिनियाँ दूतावास अगाडिको बिग केकमा अर्डर गरिएको थियो ।

उक्त केक प्रधानमन्त्रीको घर तेह्रथुम पुर्याउन ११ फागुनमा हेलिकोप्टर मार्फत लागिएको थियो ।

प्रधानमन्त्री ओलीले लगेको केकको प्रति पाउण्ड ८०० रुपैयाँमा बिग केकले बेच्ने गर्दछ ।

ओलीले ४० पाउण्डको केक लागेका थिए हिसाब गर्दा उनले लगेको केक ३२ हजार पर्न आउछ।

तेस्तै उक्त केक तेह्रथुम ओलीको घर सम्म पुर्याउन साढे दुई लाख हेलिकोप्टरले भाडा लगेको थियो ।ओलीले लगेको केक नेपालको नक्सामा बनाईएको थियो ।

उनले नेपालको नक्सा भएको केक काटेर जजन्मदीन मनाउदा भने नेपालको नक्सा काटेर खाएको र अरुलाई पनि बाँडेको सबैले आरोप लगाएका छन् ।

यसरि नेपालको नक्सामा केक तयार पारि काटेको भन्दै ओलीको समाजिक संजाल भरि चर्को विरोध भईरहेको छ ।

प्रधानमन्त्री ओलीले नेपालको नक्सा बनाएर केक काट्नु भनेको यो विदेशीको शिखो भएको कतिपएले बताएका छन् ।

आफ्नो देशको नक्सामा आफ्नो फोटो राखेर केक काट्ने काम विदेशमा सबै देशले गर्दछन प्रधानमन्त्री ओलीले पनि तेही गर्नु भएको हो ओलीका सल्हाकार सुर्य बहादुर थापाले भने ।

तेस्तै तेह्रथुमबासी र ओलीका सपरिवार सुभचिन्तकले प्रेमपूर्वक केक प्रस्तुत गर्दा कुवाका भ्याकुताहरुले विरोध गरेको थापाले बताए ।

थापा भन्छन्, ‘संसार नदेखेका कुवाका भ्यागुताहरुले यसको विरोध गरेका हुन् ।

देशको प्रधानमन्त्रीले आफ्नो जन्मदिन मनाउदा जन्मोत्सवमा राज्यको ढुकुटीबाट एक रुपैयाँ खर्च भएको छैन,थापाले भने ।