रुकुम चौरजहारी

नेपालमा कोरोना भित्रियो भने मनोबैज्ञानिक आतंक रोक्न गाह्रो हुन्छ ,

कोरोना हाइ एलर्ट डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य बिज्ञ,

रुकुम आठ विसकोट

फागुन १३ ,काठमान्डौ – नेपालमा कोरोना भाईरसले जनतामा त्रास भईरहेको र कोरोनाले सबैलाई घेरिसकेको डा .रविद्र पाण्डे जनस्वास्थ्य विज्ञले बताएका छन्  ।

कोभिड – १९ ) बिरुद्द व्यक्तिगत रुपमा लडेर जित्न नसकिने पनि उनले बताएका छन् ।आफुले मात्र मास्क लगाएर कोरोना बाट बच्न सकिन्छ भन्ने नहुने भन्दै हात धोएर रोकथामका तमाम उपाय अवलम्बन गरेर बाच्न सम्भव नहुने उनले बताएका छन् ।

आफ्नो परिवार, टोल, काम गर्ने ठाउँ, बाटोघाटो, रेस्टुरेन्ट, सपिंग सेन्टर, पानी ट्यांकर, अस्पताल आदि पनि संक्रमणरहित हुनु आबश्यक रहेको पाण्डेले बताए   ।नेपालमा कोरोना संक्रमण हुननदिन एयर्पोर्टमा नै कडाई गरि भित्रिननदिन उनको जोड छ ।

अहिलेको अवस्था हेर्दा एयरपोर्टको ब्यबस्था पर्याप्त नभएको हुनाले डिजास्टर पुलिसको रुपमा तालिमप्राप्त सुरक्षाकर्मीलाई यात्री स्क्रिनिंगको जिम्मा दिन पर्ने पनि उनले बताए |

चीन, जापान, कोरिया, इरान, इटाली, कुवेत, बहराइन लगायतका देशमध्ये इरान र इटाली बाहेक अन्य देशमा झन्डै १ लाख नेपाली  कामदार,बिद्यार्थी  छन्  ।

मलेसिया तथा अरबका देशहरुमा कोरोना फैलिएमा दशौँ लाख नेपाली जोखिममा हुनेछन  ।नेपाल आउने पर्यटक तथा हाम्रै नेपाली दाजुभाइ तथा दिदीबहिनी संक्रमित भएमा त्यो संक्रमण रोक्न नसकिने समेत उनले बताएका हुन्  ।

सम्भावित अकल्पनीय महामारी र आतंक रोक्न सरकार, गैह्रसरकारी संस्था, स्वास्थ्य संस्था, शैक्षिक क्षेत्र, सुरक्षाकर्मी लगायत आम जनताको अभियान जरुरि रहेको पनि जन स्वास्थ्य विज्ञ रविद्र पाण्डेले बताएका हुन्   ।

चीनको वुहान प्रान्तबाट फैलीएको नोवेल कोरोनाबाट हाल ३० भन्दा बढी देशमा ८० हजार बढी संक्रमित छन्  । हाल सम्म कोरोना संक्रमित २७ सय १ जनाको ज्यान गईसकेको छ ।

कोरोना संक्रमण फैलिएका देशका नागरिकको नेपालमा बाक्लो आवतजावत, भईरहेको बेला नेपालमा यसको ठूलो विपत्तिको खतरा आउन सक्ने पनि उनले बताए ।तेस्तै नेपालमा कोरोना भित्रियो भने मनोबैज्ञानिक आतंक रोक्न गाह्रो हुने पनि उनले बताएका हुन्।