आजको प्रतिनिधिसभा बैठक सुचारु होला त ?

फागुन १३ ,काठमान्डौ – आज दिनको एक बजेको लागि प्रतिनिधिसभा बैठक बोलाईएको छ ।

आजको बैठकमा विभिन्न विधयक प्रस्ताव पेश हुने कार्यसूची रहेको छ। तर आजको बैठकमा प्रतिपक्षिले अवरोध गर्छ वा गर्दैन वा कस्ता प्रश्न हुन्छन कस्ले जवाफ दिने भन्ने सबैको कौतुहलता छ ।

यो भन्दा अगाडिका प्रतिपक्षिदल नेपालि कांग्रेसले संसद अवरुद्द गर्ने गरेपनि आजको बैठक भने सुचारु हुनदिने कांग्रेस केन्द्रिय बैठकले पारित गरेको छ ।

संसदमा आज प्रतिपक्षिदल देखि विभिन्न सांसदले देशमा भईरहेको ७० करोड कमिसन अडियो प्रकरणमा जवाफ माग्ने कार्यक्रम रहेको पनि विशेष श्रोतले बताएको छ ।

तेस्तै संसदमा आज निवर्तमान सञ्चार मन्त्रि गोकुल बास्कोटाको प्रकरणमा प्रधानमन्त्रीले जवाफ दिन पर्ने पनि प्रतिपक्षि दल नेपालि कांग्रेसले बताएको छ।

आजको बैठकमा अर्थमन्त्री युवराज खतिवडा, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र कृषि सहकारी तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुषालले विभिन्न विधेयक पारितसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।