रेड पाण्डाको छाला सहित चार जना पक्राउ ,

फागुन १३ ,काठमान्डौ – महानगरीय अपराध शाखाको टोलीले रेड पाण्डाको छाला सहित चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुलीका सुर्य बहादुर भुजेल , धादिङ ७ झाप्रेका सुक बहादुर लामा, कास्की मादी तारकाङका युबराज सापकोटा र काठमाण्डौं बुढानिलकण्ठ कपनकि कमला तामाङ रहेका छन् ।

निज व्यक्तिहरुले दुर्लभ बन्यजन्तु रेड पाण्डाको छाला अबैध रुपमा ओसारपसार गरी ल्याई अबैध बिक्री गर्ने गरेको भन्ने गोप्य सुचनाको आधारमा उनीहरुलाई शाखाको टोलीले पक्राउ गरेको बताएको छ ।

अनुसन्धान गर्दा सुर्य बहादुर भुजेलले बोकेको झोलामा रेड पाण्डाको छाला एक थाना फेला परेपछि आबश्यक कारवाहीको लागि जिल्ला बन कार्यालय हात्तीसार काठमाण्डौं पठाईएको शाखाले जनाएको छ ।

पक्राउ परेका सबैलाई बुढानिलकण्ठ कपन खरिबोटबाट उनीहरुलाई हिजो १२ गते साँझ ५:३० बजे नियन्त्रणमा लिईएको अपराध महाशाखाले जनाएको हो ।