प्रधानमन्त्रीलाई गगन थापाको प्रश्न वालुवाटारमा ऐना छ कि छैन,

डाडाँकाडा र तालतलैया डुलेर नबस्नुस सुन्ने सामर्थ्य छ ,

फागुन १३ ,काठमान्डौ – नेपालि कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग गरेका छन् ।

सांसद गगन थापाले आजको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै संसदमा राजिनामा मागेका हुन् ।

केपी ओली सरकारको नेतृत्वमा भएका भ्रष्टाचारका काण्ड लाजमर्दा भएको बताउदै देश र जनताको लागि राजिनामा दिन आग्रह गरेका हुन् ।

थापाले भने संख्या तपाई संग होला तर शासन गर्ने वैधानिक योग्यता क्षमता तपाइँले गुमाउनु भएको छ ।

सांसद गगन थापाले बोल्दै अगाडी भने निवर्तमान सञ्चार मन्त्रि गोकुल बाँस्कोटा र विजयकुमार मिश्रबीच ७० करोड कमिसन लेनदेनको वार्तालापको अडियो हामीले ९ गते सुन्यौं ।

यो अडियो बारे प्रधानमन्त्री ज्युले दुई महिना अगाडीनै सुनीसकेको भन्ने सञ्चार माध्याममा आएका छन् ।

यो विषयमा संसदमा उभिएर आँखामा आँखा जुधाएर, नागरिक र हाम्रा प्रश्नको जवाफ दिने हिम्मत प्रधानमन्त्रीसँग छ कि छैन ।

तेस्तै प्रधानमन्त्री ओली राजामहाराजाले जसरी जन्मोत्सव मनाउन व्यस्त रहेको थापाले बताए।

प्रधानमन्त्री ताल तलैया डाँडाकाडा हेर्दै नबस्नुस संसदमा आउनुस रोस्टममा आउनुस प्रश्नको जवाफको सामना गर्नुस सभामुख महोदय संसदले यो सामर्थ्य राख्नै पर्छ उनले भने ।

प्रधानमन्त्री ओलीलाई थापाले बालुवाटारमा ऐना छ कि छैन भनेर समेत प्रश्न गरेका हुन् ।

तपाईले बारम्बार भ्रस्टचारीको अनुहार हेर्दिन भन्नुभएको छ यो जनताको बाहिरको जवाफ हो वालुवाटारमा ऐना छकि छैन थापाले भने ।