Simta
Simta
lekbesi

कांग्रेस सांसदका प्रश्नले प्रधानमन्त्री रुनु न हाँस्नु तपाई कुन लोकको मान्छे हो ,

Gurvakot

फागुन १३ ,काठमान्डौ – प्रतिपक्षि दल नेपाली कांग्रेसले आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीलाई रुनु न हास्नु बनाएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डा। मिनेन्द्र रिजालले प्रतिनिधिसभाको मंगलबारको बैठकको सुरुमै समय लिएर बोल्दै प्रधानमन्त्री ओलीलाई भने तपाई कुन लोकमा हुनुहुन्छ ।

रिजालले अगाडी भने तपाईले आफ्नो जन्मघरमा तामझामका साथ् जन्मदिन मनाउदै गर्दा घरलेनै चिनेन होला कि तपाई खड्क प्रासाद ओली हो भनेर ।

lekbesi

ओलीले आफ्नो जन्मदिनमा चारहजार बृद्धबृद्धालाई सारी र कोट बाँडेको पनि रिजालले बताए।

राजा महाराजले समेत आफ्नो जन्मदिन मनाउदा केटाकेटी देखि आफ्ना सुभचिन्तकलाई मिठाई बाँड्ने गर्थे ।

तपाईको जन्मदिन देख्दा ति राजा महाराजालाई नै इर्ष्या लागिसक्यो होला रिजालले भने ।

म भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भन्ने प्रधानमन्त्रीको दाबीलाई निवर्तमान सञ्चारमन्त्रीको अडियो प्रकरणले गिज्याएको बताए ।

उनले अगाडी भने तपाईकै विश्वासिलो पात्रबाट भ्रष्टाचारका यस्ता घटना बाह्र आउँदा तपाईलाई केहि महसुस नहोला तर नेपालि जनतालाई के लागेको होला प्रधानमन्त्री ज्यु ।

तेस्तै आजको संसद बैठकमा कांग्रेसका अर्का सांसद गगन थापाले प्रधानमन्त्रीले राजिनामा दिनुपर्ने माग गरेका छन् ।

Simta