केक बोक्ने हेलिकोप्टरले सल्यानमा मान्छे बोक्न नमान्दा किसोरिको ज्यान गयो ,

फागुन १४ ,काठमान्डौ – प्रधानमन्त्रीको केक बोक्ने हेलिकोप्टरले एक घाईते युवतीलाई बोक्न नमान्दा उनको ज्यान गएको छ ।

रुखबाट लडेर घाईते भएकि सल्यान शारदा नगरपालिका,८ निवासी २१ वर्षीया कल्पना आचार्यको हेलिकप्टरबाट उद्धार हुन नसक्दा मृतु भएको हो ।

रुखबाट लडेर घाईते भएकि कल्पनाको १८ घण्टा सम्मपनि उद्दार हुन नसकेको र अन्तत उनले ज्यान गुमाउनु परेको मृतक कल्पनाका दाई सिद्धार्थ गौतमले सामाजिक सञ्जालमा स्टाटस लेख्दै दुख ब्यक्त गरेका छन् ।

सिद्धार्थले लेखेका छन् माफ गर बहिनि केक बोक्न हेलिकोप्टर प्रयोग गरिन्छ तर सम्पूर्ण कागजात तयार पार्दापनि बिरामीको लागि हेलिकोप्टर उदाउन मिल्दैन ।

गत फागुन ४ गते रुखबाट लडेर गम्भीर घाईते भएको शारदा नगरपालिका ८ सल्यानकी २१ वर्षी कल्पना आचार्यको उपचार काठमान्डौमा मात्र सम्भव रहेको र उनलाई हेलिकोप्टरबाट उद्दार गर्नसके उनको ज्यान बच्न सक्ने सल्यान अस्पतालका डाक्टरहरुले सिफारिस गरेका थिए ।

एम्बुलेन्सबाट उद्धार गर्दा उनको बाटैमा मृतु हुनसक्ने डाक्टरहरुले बताएपछि उक्त परिस्थितिलाई टार्न शानपा प्रमुख, प्रदेशका मन्त्री, प्रदेश सभासद, प्रमुख जिल्ला अधिकारी, केही सामाजिक कार्यकर्ता लगाएतले हेलिकप्टरबाट उद्धारको प्रयास गरे ।

तेस्पछि प्रयासस्वरुप सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले उद्धार खर्च ब्यहोर्ने सहमती भयो ।

कागजको ओहोर दोहोर र कागजले काठमाडौँ, सुर्खेत सल्यानको फन्को लगाउदै गर्दा बिरामी रुखबाट लडेको करिव ९ घण्टा बितिसकेको थियो ।

कागजी प्रक्रिया पुरा गरेपनि अन्तत गृहमन्त्रालयमा पुगेको केही समयपछि मन्त्रालयले हेलिकोप्टर उडाउन नमिल्ने बतायो र कल्पनाको बचाउमा लागेका आफन्त नाता गोता निरास भए ।

सबै प्रक्रिया पुरुआन्दापानी हेलिकोप्टर सरकारले नउडाईदिदा रुखबाट खसेको १८ घन्टामा कल्पानाको मृतु भयो ।

दुर्भाग्य भन्न पर्छ सबैले चाहदाचाहदै, बच्ने सम्भावना रहँदारहँदै पनि राज्यले एउटा नागरिक बचाउन सकेन । राज्यका अङ्गहरु परिचालित हुँदाहुँदै पनि एउटा मिसन पुरा हुनसकेन ।

तत्काल र निरन्तर गर्नुपर्ने कुरामा पनि हाम्रो राज्य सम्यन्त्र किन प्यारालाइज्ड देखिन्छ ? यी कागजी प्रकृया र भनसुनबाहेक नागरिकले तत्काल सेवा पाउने अर्को संयन्त्र तयार गर्नुपर्ने हो कि ? राज्य संयन्त्र निर्देसित मात्र देखियो, यसलाइ उत्तरदायी र मानवीय बनाउन ढिलो हुँदै छ कि ? तिमी यस्तो देश मा जन्म लिएकी थियौ जहाँ केक बोक्न हेलिकप्टर प्रयोग गरिन्छ तर बिरामी बोक्न सम्पूर्ण कागजात तयार गर्दा नि उडाउन मिल्दैन । माफ गर बहिनी ।

हार्दिक श्रद्धाञ्जली बहिनी ।

तिम्रो आत्माले शान्ति पाओस् ।

उनि मेरि फुपु कि छोरि बहिनि😞
गत फाल्गुन ४ गते रुख बाट लडेर गम्भीर घाइते भएकी शानपा ८ सल्यान कि २१ बर्षिय कल्पना आचार्यको उपचार काठमाण्डुमा मात्र सम्भब भएको र उन्लाइ हेलिकप्टर बाट मात्र उद्दार गर्न सकिने सल्यान अस्पतालका डाक्टर हरुले सिफारिस गरे।एम्बुलेन्स बाट उद्धार गर्दा बाटोमै मृत्यु हुन सक्ने डाक्टर हरुको भनाइ थियो।
यो परिस्थितिको श्रीजना पछि शानपा प्रमुख,यो प्रदेशका मन्त्री,प्रदेश सभासद,प्रमुख जिल्ला अधिकारि,केही सामाजिक कार्यकर्ता लगाएतले हेलिकप्टरबाट उद्धारको प्रयास गरे।
प्रयास स्वरुप सामाजिक बिकास मन्त्रालय कर्णाली प्रदेशले उद्धार खर्च ब्यहोर्ने सहमती भयो।कागजको ओहोर दोहोर र कागजले काठमाण्डु,सुर्खेत सल्यानको फन्को लगाउदै गर्दा बिरामी रुख बाट लडेको करिव ९ घण्टा बिति सकेको थियो।
कागजी प्रकृया पूरा गरि गृहमन्त्रालयमा पुगेको केही समय पछि मन्त्रालयले भनिदियो-अहिले हेलिकप्टर उडाउन सकिँदैन।
हेलिकप्टर बाट छोरिको उद्धार गरि छोरी लाई निको बनाउने अभिलाशा राखेका घाइतेका बा,आमा,नातागोता मन्त्रालयको यो जवाफले निराश भए र रुख बाट लडेको करिव १८ घण्टा पछि राती कल्पनाको दुखद निधन भयो।
बिडम्बना!
सवैले चाहदा चाहदै,बच्ने सम्भावना रहदा रहदै पनि राज्यले एउटा नागरिक बचाउनसकेन।राज्यका अङ्ग हरु परिचालित हुदाहुदै पनि एउटा मिसन पुराहुनसकेन।
तत्काल र निरन्तर गर्नुपर्ने कुरामा पनि हाम्रो राज्य सम्यन्त्र किन प्यारालाइज्ड देखिन्छ?यी कागजी प्रकृया र भनसुन बाहेक नागरिकले तत्काल सेवा पाउने अर्को सम्यन्त्र तयार गर्नुपर्ने हो कि?राज्य सम्यन्त्र निर्देसित मात्र देखियो,यस्लाइ उत्तरदायी र मानबिय बनाउन ढिलो हुँदै छ कि? तिमि यस्तो देश मा जन्म लियकि थियौ जहा
केक बोक्न हेलिकप्टर प्रयोग गरिन्छ तर बिरामि बोक्न सम्पुर्ण कागजात तयार गर्दा नि उडाउन मिल्दैन्। माफ गर बहिनि।
हार्दिक श्रद्धान्जली बहिनि।
तिम्रो आत्माले शान्ती पाओस।

Image may contain: one or more people
Image may contain: 1 person, smiling, closeup
No photo description available.
No photo description available.
Image may contain: 1 person, outdoor, possible text that says '32% 5:48 PM'