शहीद दिलबहादुर रम्तेलको स्मृति सभामा दिप प्रज्वलन गरिदै ,

,फागुन १४ ,काठमान्डौ – जनयुद्दको पहिलो सहिद दिलबहादुर रम्तेलको बलिदान स्मृति दिवसमा दिप प्रज्वलन गरिने भएको छ ।

शहिद दिल बहादुर रम्तेलको सम्झनामा अनेरास्ववियु बिधार्थी केन्द्रीय समितिले साँझ ५ बजे काठमान्डौको माईतिघर मण्डलामा दिप प्रज्वलनको आयोजना गरेको हो ।

रम्तेलको गाँउ बारपाक सुलिकोट गाउँ पालीकाका काठमान्डौमा रहेका सबै सुभचिन्तकहरुलाई दिप प्रज्वलमा सहभागी हुन अनुरोध गरिएको छ ।उनको आज २५ औ स्मृतिसभा मनाईदै छ ।

तत्कालिन माओवादीले सुरु गरेको जनयुद्दमा २०५२ साल फाल्गुन १४ गते  दिलबहादुर रम्तेलको साहदत भएको थियो ।जति बेला उनि ११ वर्षका थिए ।

स्कुलका एक जना शिक्षकलाई माओवादी भएको आरोपमा प्रहरीले गिराफ्तार गरे पछि ती शिक्षकलाई छुटाउन खोज्दा प्रहरीले आजकै दिन रम्तेलको हत्या गरेको थियो ।

उनै दिल बहादुरको सम्झना र २९ सालमा झापाका नेत्र घिमिरे लगायत ४ जना बन्दीहरुलाई झापा चन्द्रगढीबाट ईलाम सार्ने भनेर लगेर सुखानीको जंगलमा फागुण २१ गते चार जना झापा विद्रोहका नेताहरुलाई हत्या गरिएको
थियो ।


त्यसैलाई जोडेर माओवादीले जनयुद्ध कालदेखि नै फागुण १४ देखि २१ गतेलाई शहीद सप्ताहको रुपमा मनाउने गरेको थियो ।

तर जनयुद्धको मुख्य नेतृत्व पूर्व एमालेसगँ पार्टी एकता गरे पछि भने जनयुद्ध दिवस, शहीद दिवस जस्ता कार्यक्रम गर्न छाडेको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भने विभिन्न कार्यक्रम गरेर सहिद सप्ताह मनाउँदै छ ।