नेपाल ट्रष्टको जग्गा लिजसम्बन्धमा देउवाको पनि नाम परेपछि तनावमा ,

फागुन १४ ,काठमान्डौ – नेपाल ट्रष्टको जग्गा लिजसम्बन्धमा आफुले निर्णय नगरेको नेपालि कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएक छन् ।

ट्रष्टको सम्पत्ति व्यवस्थापन सम्बन्धीमा मेरो नाम जोडेर भ्रम फैलाउन खोजियो ।म प्रधानमन्त्री रहेको वा मेरो संलग्नतामा अन्य कुनै पनि निकायबाट नेपाल ट्रष्टको जग्गा लिज सम्बन्धमा कुनै निर्णय भएको छैन देउवाले भने ।

नेपाल ट्रष्टका अध्यक्ष एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर पाखरेलले बुधबार श्वेतपत्र जारी गर्दै ताहाचाल सोल्टी आउटर कम्प्लेक्सको जग्गा थामुसेर्कु ट्रेकिङलाई लिजमा दिने प्रस्ताव स्वीकृत गर्दा तात्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा ट्रष्टको संरक्षक र गृहमन्त्री जनार्दन शर्मा अध्यक्ष रहेको उल्लेख गरिएको थियो ।

बाँस्कोटाको प्रकरणलाई लिएर ध्यान मोड्न खोजेको देउवाले बताए ।आफ्नो सहभागिता वेगर भएको निर्णयमा नाम जोडेर गरिएको प्रचारप्रति देउवाले आपति जनाए ।

उनले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।०६४ मा नेपाल ट्रष्ट ऐन जारी हुँदा ट्रष्टलाई ‘एक अविच्छिन्न उत्तराधिकारवाला स्वशासित र संगठित संस्था’ का रुपमा ऐनले नै परिभाषित गरेको भन्दै देउवाले ट्रस्टको बोर्डले गर्ने या गरिएका निर्णयमा प्रधानमन्त्रीका रुपमा मलाई गाँस्नु राजनैतिक र कानूनी दृष्टिले समेत गलत भएको उल्लेख गरेका छन् ।